३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारका कारण टाउकोमा हात राखेर रुनु पर्ने अवस्था आइसक्यो : मुख्यमन्त्री राउत



अ+ अ-

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भ्रष्टाचार हुँदा पनि केही गर्न नसक्ने अवस्था रहेको बताएका छन् ।

जनकपुरमा आयोजित कार्यक्रममा भ्रष्टाचार रोक्न आफैंबाट सुरुवात गर्नुपर्ने बताए ।सुशासनका कारण टाउकोमा हात राखेर रुनु पर्ने अवस्था आएको भन्दै राम्रो गर्नेहरुलाई बद्नाम गर्न माफियाहरु लागेको उनले गुनासो गरे ।

विधि प्रक्रिया झन्जिटिलो बनाएका कारण मानिसहरुले बरु केही रकम खर्च गरेर भएपनि काम गराउने गरेको उनको विश्लेषण छ । राज्यको स्रोतमा समेत डकैती भइरहेको भन्दै उनले भने, ‘हामी अहिले सबैभन्दा भ्रष्ट मुलुकहरुको सूचीमा छौं । कुशासन र अव्यवस्था छ ।’

भ्रष्टाचार रोकेर सुशासन कायम गर्न माथिबाटै सुरुवात गर्नुपर्ने उनले बताए । मुख्यमन्त्री राउत भन्छन्, ‘माथिबाट नियत सफल हुनुपर्छ । प्रदेशभित्र सुशासन कायम राख्न पहिले म आफैं स्वच्छ हुनुपर्छ । त्यसपछि मन्त्री, प्रशासनिक कर्मचारी आउँछ ।’