१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारका कारण टाउकोमा हात राखेर रुनु पर्ने अवस्था आइसक्यो : मुख्यमन्त्री राउत



अ+ अ-

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भ्रष्टाचार हुँदा पनि केही गर्न नसक्ने अवस्था रहेको बताएका छन् ।

जनकपुरमा आयोजित कार्यक्रममा भ्रष्टाचार रोक्न आफैंबाट सुरुवात गर्नुपर्ने बताए ।सुशासनका कारण टाउकोमा हात राखेर रुनु पर्ने अवस्था आएको भन्दै राम्रो गर्नेहरुलाई बद्नाम गर्न माफियाहरु लागेको उनले गुनासो गरे ।

विधि प्रक्रिया झन्जिटिलो बनाएका कारण मानिसहरुले बरु केही रकम खर्च गरेर भएपनि काम गराउने गरेको उनको विश्लेषण छ । राज्यको स्रोतमा समेत डकैती भइरहेको भन्दै उनले भने, ‘हामी अहिले सबैभन्दा भ्रष्ट मुलुकहरुको सूचीमा छौं । कुशासन र अव्यवस्था छ ।’

भ्रष्टाचार रोकेर सुशासन कायम गर्न माथिबाटै सुरुवात गर्नुपर्ने उनले बताए । मुख्यमन्त्री राउत भन्छन्, ‘माथिबाट नियत सफल हुनुपर्छ । प्रदेशभित्र सुशासन कायम राख्न पहिले म आफैं स्वच्छ हुनुपर्छ । त्यसपछि मन्त्री, प्रशासनिक कर्मचारी आउँछ ।’