६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से सुचक १४ अंकले उकालो लाग्यो



अ+ अ-

काठमाडौँ । नेप्से सूचक मंगलबार १४.१२ अंकले बढेर १३१५.४५ विन्दुमा आइपुगेको छ । समग्रमा बजार १.०८५ ले बढेको हो । १७० कम्पनीको १ अर्ब ३ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । ३१ लाख ६६ हजार ४६७ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

सबैभन्दा धेरै निर्जीवन बिमा समूह १४५.८४ अंकले माथि लागेको छ । वाणिज्य बैंक समूहको सूचक पनि १४.१४ अंकले बढेको छ ।

कारोबार रकममा नेपाल बैंकले अग्रता लिएको छ । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र कृषि विकास बैंक परेका छन् ।

यता, अधिकतम गुमाउनेमा सूर्योदय लघुवित्त कम्पनीका लगानीकर्ता छन् । यसको भाउ ७.५५ प्रतिशतले तल झरेको हो ।