१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय ‘रत्न तथा आभूषण’ मेला जेठ ३ देखि



अ+ अ-

काठमाडौं । सरकारको सहभागितामा नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय ‘रत्न तथा आभूषण’ मेला हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खानी तथा भूगर्भ विभागको आयोजना तथा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको सहकार्यमा यही जेठ ३ देखि ५ गतेसम्म मेला हुन लागेको हो ।

खानी तथा भूगर्भ विभाग परिसर लैनचौरमा हुने मेलामा नेपालमा उत्खनन भएका अति महत्वपूर्ण तथा महत्वपूर्ण सुन, चाँदी, रत्न पत्थरलगायतका सामग्री प्रदर्शनीमा राखिनेछन् । नेपालको पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्म फैलिएका हिमशृङ्खला तथा पहाडमा बहुमूल्य रत्न पत्थर पाइने गरेको र त्यसलाई प्रदर्शन गर्न लागिएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

स्वदेशी रत्न, पत्थर तथा खनिजको प्रवद्र्धन गरी आभूषणको निर्यात विस्तार एवं आयात प्रतिस्थापनामा टेवा पु¥याउने उद्देश्यले मेला आयोजना गरिएको विभागका सहसचिव जयराज घिमिरेले जानकारी दिनुभयो । नेपालमा उत्खनन भएका रत्न पत्थर तथा गरगहनाको मौलिकता, विविधता, विशिष्टतालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा उजागर गरी निर्यात प्रवद्र्धन, रोजगारी विस्तार एवं राजश्व अभिवृद्धिमा थप योगदान पुग्ने विभागको विश्वास छ ।

मेलामा सरकारका सम्बन्धित क्षेत्रका विभिन्न निकाय, निजी क्षेत्रका अग्रणी संस्था, भारत, चीन, थाइल्याण्ड, जापान, म्यानमार, श्रीलङ्का, बङ्गलादेश, मलेशियालगायतका ७० स्टल रहने सहसचिव घिमिरेले बताउनुभयो । मेलामा खनिज प्रशोधनसम्बन्धी विभिन्न प्रविधि देखाउनका साथै विभिन्न बैठक हुने आयोजकले जनाएको छ ।