१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी दम्पत्तिले नेपालमा चोरी आतंक मच्चाएपछि…………….



अ+ अ-

भक्तपुर । भक्तपुर र नेपालका बिभिन्न ठाँउमा चोरी गरेको आरोपमा एक पाकिस्तानी दम्पत्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाकिस्तानका मनसिंह खान र पूजा खान रहेका छन् ।

मंगलबार महानगरीय अपराध महाशाखाबाट खटेको टोलीले उनिहरुलाई त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाट नियन्त्रणमा लिएको हो ।

महाशाखाका एसएसपी सहकुलबहादुर थापाका अनुसार उक्त दम्पत्तिले लोकन्थलीमा एक पसलको काउन्टर बाट ७० हजार रुपैयाँ चोरी गरेका थिए । त्यस्तै लोकन्थलीकै उक पसलबाट ३० हजार हराएपछि उनिहरुलाई पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा बुटवलबाट एक लाख ७० हजार चोरी गरेको खुल्न आएको पनि बताइएको छ । एसएसपी थापाका अनुसार उनीहरू ३ महिना अघि नै नेपाल आएको खुल्नेको छ । उनीहरूको पर्यटक भिसा १५ दिनपछि एक्सपायर हुँदैछ।

उनीहरूविरूद्ध प्रहरीले चोरी मुद्दा दायर गर्ने तयारी गरेको छ।