४ पुष २०८२, शुक्रबार
,
Latest
अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’ जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची आयोजनाको काम सम्पन्न गर्न सरकारले सर्वदलीय समिति गठन गर्ने



अ+ अ-

काठमाडौं । इटलियन कम्पनी सीएमसीले छाडेर गएपछि अलपत्र अवस्थामा रहेको मेलम्ची आयोजनाको काम सम्पन्न गर्न सरकारले सर्वदलीय समिति गठन गर्ने तयारी थालेको छ ।

खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माका अनुसार एक हप्ताभित्रै टुंग्याउने गरि समिति गठन गर्ने बताए । सहायक ठेकेदारलाई भुक्तानी दिनुपर्ने रकम सिधै भुक्तानी दिदा अनियमितता गरेको आरोप लाग्न सक्ने भन्दै सरकारले सर्वदलीय समिति गठन गरेर काम अघि बढाउने तयारी शुरु गरेको उनले बताए ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै सचिव शर्माले प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएसँगै यस विषयमा छलफल हुने जानकारी दिए ।