४ पुष २०८२, शुक्रबार
,
Latest
अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’ जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगान कारागारमा तनाब, चार जनाको मृत्यु



अ+ अ-

काबुल । अफगानिस्तानको पुल–ए–चार्खी कारागारमा भड्किएको हिंसाका कारण चार जना कैदीको मृत्यु भएको छ भने अरु ३३ जना घाइते भएका छन् । झडपमा २० जना प्रहरी पनि घाइते भएका छन् ।

अफगानिस्तानको गृह मन्त्रालयका अनुसार कारागारभित्र प्रहरीले खानतलास गर्न थालेपछि हिंसा भड्किएको थियो । महान्यायाधीवक्ता कार्यालय र गृह मन्त्रालयको आदेशमा कारागारभित्र लागूऔषधको कारोबारका विषयमा खानतलासी गरिएको थियो ।

प्रहरीका अनुसार चार वटा कारागार भवनभित्र खानतलासी गरिएको थियो । तर प्रहरीमाथि केही कैदीले आक्रमण गरेका थिए ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा ल्याउन हवाई फायर गरेको थियो । कैदीहरुले प्रहरीका हतियार पनि खोस्ने प्रयास गरेको गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीले बताउनुभयो । उक्त घटनाका बारेमा छानबिन शुरु भएको छ ।