५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाम्रो एकताबद्ध भएको कम्युनिष्ट पार्टी तासको महल ढले जसरी ढल्दैन : पोखरेल



अ+ अ-

काठमाडौं । नेकपाका नेता ईश्वर पोखरेलले पार्टीको विचार र राजनीतिक कार्यदिशा स्पष्ट हुनुपर्ने बताएका छन् ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका नेता पोखरेलले युवा संघ नेपालको २९ औँ वार्षिकोत्सवको अवसरमा बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दे एकताबद्ध भएको पार्टी विचारमा सुस्पष्ट हुनुपर्ने धारणा राखेका हुन् ।

उनले भने-”संसारमा हामीले देख्यौँ कम्युनिष्ट पार्टीहरु ठूला-ठूला बने । राज्यसत्ता कब्जा गरे । शासन सञ्चालन गरे । तर ती कम्युनिष्ट पार्टीहरु पूँजीवादीहरुले एउटा पनि गोली प्रहार नगरिकन तासका महल ढलेजस्तो भएर ढले । हाम्रो एकताबद्ध भएको कम्युनिष्ट पार्टी कुनै हालतमा पनि त्यस्तो हुनुहुन्न । हामी सबैले यसमा खबरदारी गर्नुपर्ने जरुरी छ ।”

नेकपाको पोलिटिक्स अब आर्थिक विकास र समृद्धिमा कसरी केन्द्रित हुने बताए । अहिले यस बिषयमा तत्काल रुपमा पार्टीमा छलफल गरेर निष्कर्षमा पुग्नु पर्ने बताए । उनले विचारमा स्पष्ट हुन नसके सिंगो पार्टी नै अलमलमा पर्ने बताए ।