२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काभ्रेपलाञ्चोक बस दुर्घटनाः मृत्यु हुनेकाे सङ्ख्या ८ पुग्याे भारत बालेनसँग खुशी छैन, रविले नेपालको नेतृत्व गरुन् भन्ने चाहन्छः रामबहादुर थापा राष्ट्रिय सभामा बजेटको चर्को आलोचना, नीति–कार्यक्रम र बजेटबीच तादात्म्य नरहेको सांसदहरूको आरोप महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन विनियोजन विधेयक विभिन्न मन्त्रालय अन्तर्गतको शिर्षकहरूमाथिको छलफल असार १ बाट सुरू हुने अर्थमन्त्रीको स्पष्टीकरण पर्याप्त रहेको सरकारको दाबी, एसईईमा अनियमितता देखिए छानबिन गरिने नेप्से परिसूचक ४ अङ्कले घट्यो अर्थमन्त्री वाग्लले मिडियालाई ‘खोस्टा’ भनेर गरेको टिप्पणीप्रति नेता ज्ञवालीको आपत्ति ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त काभ्रे बुच्चाकोटमा बस दुर्घटना: ७ जनाको मृत्यु, १५ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा श्रीलङ्कामा सय भन्दा बढि गिरफ्तार



अ+ अ-

काठमाडौं । श्रीलङ्काको उत्तरपश्चिमी क्षेत्रमा भएका विभिन्न हिंसात्मक घटनाका क्रममा सय बढिलाई गिरफ्तार गरिएको छ ।

प्रहरीले झडप वा हिंसाका बेलाको भिडियोहरू पनि हेरेर पक्राउ गरिेको प्रहरी प्रवक्ता एसपी रुवान गुनासेकरा बताए ।

एसपी गुनासेकराकबा अनुसार बुधबार कुरुनेगाल, कुलियापिटीया, निकावेरातीया, चिलावलगायतका ठाउँबाट उनीहरूलाई गिरफ्तार गरिएको हो ।

प्रहरीले पक्राउ परेका सबै जना दोषी भएको पुष्टी हुनसक्ने जनाएको छ । उनले घटना अझै बल्झिने सम्भावनालाई मध्यनजर गर्दै कतिपय ठाउँमा कफ्र्यु लगाइएको पनि जानकारी दिएका छन् ।

ती घटनाहरूमा परी कम्तीमा एक जनाको मृत्यु भएको र अन्य केही घाइते भएको समाचारमा जनाइएको छ ।
श्रीलङ्कामा पछिल्लो समय विभिन्न ठाउँमा जातीय हिंसात्मक घटनाहरू भइरहेको छ भने आम नागरिक त्रसित भएका छन् ।