जनकपुर । डा. सिके राउत नेतृत्वको गठबन्धन समुहका असन्तुष्ट रहेका पक्षले डा.मनोज मुक्ति नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चासँग एकीकरण गरेको छ । स्वतन्त्र मधेश गठबन्धनको नेतृत्वमा आएसँगे राउतसँग असन्तुष्ट रहेका पक्षले बिहीबार एकीकरण भएको घोषणा गरेका हुन् ।
आज संयुक्त विज्ञप्ति जारी गर्दै अलग मधेशको मुद्दा छाडेर छिट्टै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने जनाएका छन् । विज्ञप्तिमा मधेशलाई सबैले धोका दिँदै आएकाले मधेश मुक्तिका लागि अघि बढ्ने प्रतिबद्धता गरेको छ ।