काठमाडौं । अमेरिकामा ठुलो साइबर आक्रमण हुने आशंकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले साइबर संकटकालको घोषणा गरेका छन्।
बीबीसीका अनुसार ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा अमेरिकाका कम्युटरलाई ह्याकरबाट बचाउँन ट्रम्पले उक्त संकटकालको घोषणा गरेका बताएको छ। अब अमेरिकी कम्पनीहरूले विदेशी टेलिकम कम्पनीद्वारा उत्पादित उपकरण खरिद गर्न पाउने छैनन्।
अमेरिकाले आफ्ना सङ्घीय निकायहरूलाई ह्वावेईका उत्पादन प्रयोग गर्नबाट बर्जित गरिसकेको छ। उसले आफ्ना मित्र शक्तिहरूलाई पनि ह्वावेईका उत्पादन प्रयोग नगर्न भनेपछि अस्ट्रेलिया र न्युजिल्याण्डले आफ्ना फाइभ जी सञ्जालहरूमा ह्वावेईका उत्पादनहरूको प्रयोग रोकिसकेका छन्।