२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काभ्रेपलाञ्चोक बस दुर्घटनाः मृत्यु हुनेकाे सङ्ख्या ८ पुग्याे भारत बालेनसँग खुशी छैन, रविले नेपालको नेतृत्व गरुन् भन्ने चाहन्छः रामबहादुर थापा राष्ट्रिय सभामा बजेटको चर्को आलोचना, नीति–कार्यक्रम र बजेटबीच तादात्म्य नरहेको सांसदहरूको आरोप महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन विनियोजन विधेयक विभिन्न मन्त्रालय अन्तर्गतको शिर्षकहरूमाथिको छलफल असार १ बाट सुरू हुने अर्थमन्त्रीको स्पष्टीकरण पर्याप्त रहेको सरकारको दाबी, एसईईमा अनियमितता देखिए छानबिन गरिने नेप्से परिसूचक ४ अङ्कले घट्यो अर्थमन्त्री वाग्लले मिडियालाई ‘खोस्टा’ भनेर गरेको टिप्पणीप्रति नेता ज्ञवालीको आपत्ति ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त काभ्रे बुच्चाकोटमा बस दुर्घटना: ७ जनाको मृत्यु, १५ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बाईमा दाइलाई भेट्न गएकी एक नेपाली युवतीमाथि सामूहिक बलात्कार



अ+ अ-
सांकेतिक तस्वीर

काठमाडौं । मुम्बाईमा बस्ने दाइलाई भेट्न गएकी एक नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ । २२ वर्षीया नेपाली युवतीलाई नयाँ दिल्लीको द्वार्कामा चार पुरुषले सामूहिक बलात्कार गरेको भारतीय मिडियाहरूले जनाएको छ ।

भारतीय प्रहरीका अनुसार काठमाडौंकी ती पीडित युवती शनिबार रेलको प्लेटफर्ममा बसिरहेका बेला दिल्लीको द्वार्कामा लगेर बलात्कार गरेको जनाएको छ ।

आफूलाई चार जनाले बलात्कार गरेर मुम्बइ जाने रेलमा चढाइदिएको उनले प्ररहरीसमक्ष दिएको उजुरीले उल्लेख गरिएको छ ।

समाचारको अनुसार मुम्बईस्थित ओशिवारा पुलिस स्टेशनले नेपाली युवतीको उजुरी बुधबार दिल्ली पुलिसलाई हस्तान्तरण गरेको छ ।