५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमर जेलमुक्त



अ+ अ-

रियो डे जेनेरियो । भ्रष्टाचारको आरोपमा जेलमा रहेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमर बुधबार जेलमुक्त हुनुभएको छ ।

टेमरलाई भ्रष्टाचारको आरोपमा साओ पाउलो राज्यको सैनिक प्रहरीको मुख्यालयमा राखिएको थियो । तर पूर्व राष्ट्रपति टेमरलाई अन्यत्र भाग्न वा न्यायमा अबरोध गर्न नपाउने गरी छाडिएको छ ।

गत मङ्गलबार ब्राजिलको सर्वोच्च अदालतले टेमरलाई रिहा गर्न आदेश दिएको थियो । अदालतले टेमर विरुद्ध चलिरहेको मुद्दामा कुनै ठोस प्रमाण नभेटिएको जनाएको छ ।

अदालतको आदेशमा टेमरले आफ्नो पासपोर्ट सरकारी अधिकारीलाई बुझाउनु पर्ने तथा आफ्नो निवासलाई अन्यत्र सार्न नपाउने भनिएको छ ।