२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता प्रतिनिधि सभा अन्तर्राष्ट्रिय श्रम सम्बन्धि दुई वटा प्रोटोकल पेस अभौतिक सांस्कृतिक सम्पदाले राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्छः पर्यटनमन्त्री पौडेल ट्रेड युनियन खारेज विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान आर्थिक विधेयकमा अनधिकृत हस्तक्षेप भएको पुनको आरोप, छानबिन समिति गठन गर्न माग निजी क्षेत्रको लगानी र पुँजीगत खर्च वृद्धि विना विकास असम्भवः सांसद गजुरेल अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्ल्ड लिङ्कको कर्मचारी हूँ भन्दै १५ जनालाई ठगि गरेपछि…..



अ+ अ-

काठमाडौं । कसैले चलेको कम्पनीको नाम लिएर कुनै काम गरिदिन्छु भन्यो भने तपाईंमा तत्कालै विश्वास गर्ने बानी त छैन रु यदी यस्तो गर्नुभएको भए सावधान हुनुहोस् र कुनै कम्पनीको कर्मचारी बनेर सेवा उपलब्ध गराउँछु भन्ने मान्छे यकिन नगरी उसलाई काम नदिनुहोस् । त्यस्ता व्यक्ति सम्बन्धित कम्पनीको कर्मचारी हो या होइन पहिले प्रष्ट भएर मात्र काम लगाउनुहोस् । नत्र ठगिन सक्नुहुन्छ ।

यस्तै घटना हालै काठमाडौँमा भएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्कको कर्मचारी हूँ भन्दै एक व्यक्तिले झण्डै १५ जनालाई ठगेको फेला परेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले उक्त कम्पनीका पूर्वकर्मचारी काभ्रेपलाञ्चोक घर भई काठमाडौँ महानगरपालिका ठमेल बस्ने १८ वर्षीय नीरज कुइँकेललाई पक्राउ गरेपछि सो रहस्य खुलेको हो । उनले सुशान्त ओझाको नामबाट ठगी गर्दै आएका थिए ।

कम्पनीको मोबाइल र परिचयपत्र दुरुपयोग गरेर काठमाडौँका विभिन्न स्थानमा गई इन्टरनेट जोड्ने, रकम असुली गर्ने, पैसा नदिए लाइन काट्नेलगायत कार्य उनले गर्दै आएका थिए । यस्तो गतिविधिको सूचनाप्राप्त हुनासाथ टेकुस्थित महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई वसुन्धराबाट बुधबार पक्राउ गरी अनुसन्धान थालेको छ ।

गत माघदेखि काम छाडेका उनले सोही कम्पनीको कर्मचारी बनेर १५ भन्दा बढी पुराना ग्राहक र केही नयाँ ग्राहक बनाई रु ६५ हजार सङ्कलन गरेको अनुसन्धानमा खुलेको छ । अहिले महाशाखाले अदालतबाट म्याद थप गराएर उनीबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले सक्कली सुन भनेर नक्कली सुन दिने सक्कली पैसा भनेर नक्कली पैसा दिने गिरोहसमेत सक्रिय भएकाले यसतर्फसमेत सचेत हुन सबैमा अनुरोध गर्नुभएको छ ।