२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काभ्रेपलाञ्चोक बस दुर्घटनाः मृत्यु हुनेकाे सङ्ख्या ८ पुग्याे भारत बालेनसँग खुशी छैन, रविले नेपालको नेतृत्व गरुन् भन्ने चाहन्छः रामबहादुर थापा राष्ट्रिय सभामा बजेटको चर्को आलोचना, नीति–कार्यक्रम र बजेटबीच तादात्म्य नरहेको सांसदहरूको आरोप महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन विनियोजन विधेयक विभिन्न मन्त्रालय अन्तर्गतको शिर्षकहरूमाथिको छलफल असार १ बाट सुरू हुने अर्थमन्त्रीको स्पष्टीकरण पर्याप्त रहेको सरकारको दाबी, एसईईमा अनियमितता देखिए छानबिन गरिने नेप्से परिसूचक ४ अङ्कले घट्यो अर्थमन्त्री वाग्लले मिडियालाई ‘खोस्टा’ भनेर गरेको टिप्पणीप्रति नेता ज्ञवालीको आपत्ति ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त काभ्रे बुच्चाकोटमा बस दुर्घटना: ७ जनाको मृत्यु, १५ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौन व्यवसायमा संलग्न रहेको आरोपमा काठमाडौँबाट ६१ जना पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले यौन व्यवसायमा संलग्न रहेको आरोपमा ६१ जना युवा युवतीलाई पक्राउ गरेको छ । बुधबार साँझ काठमाडौं महानगरपालिका–१६ माछापोखरी वाइपासबाट उनिहरुलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले स्विप अप्रेसन गर्ने क्रममा वाइपासस्थित विभिन्न होटेल, रेष्टुरेण्ट र सडक किनारबाट अनैतिक क्रियाकलापमा संलग्न ४४ पुरुष र १७ महिला गरी ६१ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये अनुसन्धान पश्चात १५ पुरुष र ६ महिला गरी २१ जनालाई आफन्तको जिम्मा लगाइएको छ भने अन्य ४० जनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

महिला प्रहरीलाई सादा पोशाकमा उक्त क्षेत्रमा परिचालन गरेर पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले अनैतिक क्रियाकलाप हुने ठाउँलाई मध्यनजर राख्दै प्रहरीले उक्त क्षेत्रमा छापा मारेको जानकारी दिए ।

यसअधि पनि नयाँ बसपार्क, गौशाला, पुरानो बसपार्क, बागबजार, चावहिललगायतका क्षेत्रमा बाटोमा बसेर महिलालाई फकाएर विभिन्न होटल तथा रेष्टुरेन्टमा लगेर अनैतिक क्रियाकलाप गर्न खोज्ने १२५ जनालाई पक्राउ गरेको थियो ।