२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता प्रतिनिधि सभा अन्तर्राष्ट्रिय श्रम सम्बन्धि दुई वटा प्रोटोकल पेस अभौतिक सांस्कृतिक सम्पदाले राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्छः पर्यटनमन्त्री पौडेल ट्रेड युनियन खारेज विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान आर्थिक विधेयकमा अनधिकृत हस्तक्षेप भएको पुनको आरोप, छानबिन समिति गठन गर्न माग निजी क्षेत्रको लगानी र पुँजीगत खर्च वृद्धि विना विकास असम्भवः सांसद गजुरेल अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई वर्षपछि इजलास न्यायिक समिति



अ+ अ-

दैलेख । स्थानीय सरकार गठन भएको दुई वर्षपछि नारायण नगरपालिकाले इजलास निर्माण गरेर न्यायिक समितिको काम औपचारिकरूपमा थालनी गरेको छ । दैलेखका ११ स्थानीय तहमध्ये पहिलोपटक नारायण नगरपालिकाले इजलास निर्माण गरेर औपचारिकरूपमा शुरु गरेको छ । यसअघि न्याय समितिले इजलासविना नै आएका उजुरीको अधिकार क्षेत्रभित्र रहेर छलफल गर्दै सहमतिका आधारमा काम गर्दै आएको थियो ।

नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक सावित्री मल्लले निर्वाचन जितेलगत्तै आफूहरु सबै नागरिकको पक्षमा निष्पक्ष काम गर्नका लागि खटिएको र इजलासमा बसेर निर्णय गर्दा कोही कसैमाथि पनि अन्याय नगरी काम गर्ने बताउनुभयो । न्यायिक समितिले विवाद निरुपण गर्ने ११ नियमहरु र अन्य १३ विषयका बारेमा छलफल गर्दै आएको छ ।

जिल्लाका ११ वटै स्थानीय तहमा इजलासको आवश्यकता महसुस गरिएको भए पनि स्थान अभावका कारण इजलास बन्न सकेका छैनन् । इजलास निर्माणसँगै न्याय सम्पादनमा सहज हुने नगरपालिकाले जानकारी दिएको छ । न्याय समितिको कार्यसम्पादनभन्दा बाहिर रहेका मुद्दाका बारेमा सहजीकरणसँगै अदालतमा जानुपर्ने विषयमा सोझै आदालत पठाउने काम गरेको नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत जगत बस्नेतले बताउनुभयो ।