६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई वर्षपछि इजलास न्यायिक समिति



अ+ अ-

दैलेख । स्थानीय सरकार गठन भएको दुई वर्षपछि नारायण नगरपालिकाले इजलास निर्माण गरेर न्यायिक समितिको काम औपचारिकरूपमा थालनी गरेको छ । दैलेखका ११ स्थानीय तहमध्ये पहिलोपटक नारायण नगरपालिकाले इजलास निर्माण गरेर औपचारिकरूपमा शुरु गरेको छ । यसअघि न्याय समितिले इजलासविना नै आएका उजुरीको अधिकार क्षेत्रभित्र रहेर छलफल गर्दै सहमतिका आधारमा काम गर्दै आएको थियो ।

नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक सावित्री मल्लले निर्वाचन जितेलगत्तै आफूहरु सबै नागरिकको पक्षमा निष्पक्ष काम गर्नका लागि खटिएको र इजलासमा बसेर निर्णय गर्दा कोही कसैमाथि पनि अन्याय नगरी काम गर्ने बताउनुभयो । न्यायिक समितिले विवाद निरुपण गर्ने ११ नियमहरु र अन्य १३ विषयका बारेमा छलफल गर्दै आएको छ ।

जिल्लाका ११ वटै स्थानीय तहमा इजलासको आवश्यकता महसुस गरिएको भए पनि स्थान अभावका कारण इजलास बन्न सकेका छैनन् । इजलास निर्माणसँगै न्याय सम्पादनमा सहज हुने नगरपालिकाले जानकारी दिएको छ । न्याय समितिको कार्यसम्पादनभन्दा बाहिर रहेका मुद्दाका बारेमा सहजीकरणसँगै अदालतमा जानुपर्ने विषयमा सोझै आदालत पठाउने काम गरेको नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत जगत बस्नेतले बताउनुभयो ।