५ आश्विन २०८१, शनिबार
,
Latest
इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिडिया काउन्सिल विधेयक सच्याउनुपर्ने माग



अ+ अ-

काठमाडौँ । संसद्मा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याउनुपर्ने माग गरिएको छ । नेपाल मानवअधिकार सङ्गठनले बिहीबार पत्रकार सम्मेलन गरी विधेयकमा रहेका कतिपय प्रावधानले मिडियामाथि सरकारले अङ्कुश लगाउन खोजेको देखिएको भन्दै सच्याउनुपर्ने माग गरेको हो ।

नेपालको संविधानको प्रस्तावनाको पाँचौँ परिच्छेदमा पूर्ण प्रेस स्वतन्त्रता र संविधानको धारा १९ ले सम्पूर्ण सञ्चार क्षेत्रलाई पूर्ण अधिकार प्रदान गरेको सन्दर्भमा सरकारले मिडियालाई नियन्त्रण गर्ने गरी विधेयक ल्याउन खोज्नु आमसञ्चार क्षेत्रका लागि दुर्भाग्यपूर्ण हुने सङ्गठनको ठहर छ ।

सङ्घीय संसद्मा दर्ता भएको विधेयकमा कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुर्‍याएको देखिएमा काउन्सिलले सम्बन्धित आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा संवाददातालाई रु २५ हजारदेखि १० लाखसम्म जरिवाना गर्न सक्नेछ भनिएको छ ।

विधेयकमा काउन्सिलबाट जारी भएको आचारसंहिताविपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेको कारणबाट व्यक्ति वा संस्थालाई क्षति पुगेको भएमा काउन्सिलले त्यस्तो क्षति पुगेको व्यक्ति वा संस्थालाई मनासिव क्षतिपूर्ति भराइदिन सक्नेछ भनी उल्लेख गरिएको छ ।

सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले मिडिया काउन्सिल विधेयक नेपालको संविधानको विपरीत रहेको भन्दै तत्काल फिर्ता लिएर विज्ञको सल्लाह र सुझावको आधारमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सरकारले नागरिकको स्वतन्त्रता कुण्ठित पार्ने गर्ने गरी विधेयक ल्याउने तयारी गरेको भन्दै समाचार लेखेकै कारण पत्रकार जेल हाल्नुहुँदैन भन्नुभयो ।

मिडिया काउन्सिलसम्बन्धी विधेयकले सञ्चार क्षेत्रमा अङ्कुश लगाउन सक्ने भन्दै नेपाल पत्रकार महासङ्घ आन्दोलनमा छ ।