५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐश्वर्या राई नायिका होइन भिलेन



अ+ अ-

काठमाडौं । ‘रावण, रगासियम, गुरु र इरुवर’ जस्ता फिल्ममा मणिरत्नमको निर्देशनमा काम गरिसकेकी अभिनेत्री ऐश्वर्या राय एकपटक पुनः मणिरत्नमको नयाँ फिल्म ‘पोन्नीनि सेल्वम’ मा देखिनेछिन् ।

मणिरत्नमले सधैं ऐश्वर्यालाई आफ्नो फिल्ममा मुख्य भूमिका दिएका छन् तर यसपटक फिल्म ‘पोन्नीनि सेल्वम’ मा ऐश्वर्या भिलनेको भूमिकामा देखिने भएकी छिन् ।

‘पोन्नीनि सेल्वम’ मा ऐश्वर्याको भूमिका नेगेटिभ हुनेछ । यो फिल्म एक पिरिएड ड्रामा हुनेछ जुन १० औं शताब्दीको चोल राजाको कहानीमा आधारित छ । उक्त फिल्ममा राजा चोल विभिन्न कठिनाईका बाबजुद पनि कसरी सम्राज बन्न सफल हुन्छन् भनेर देखाइनेछ । फिल्ममा ऐश्वर्या राय बच्चन पेरिया पझुवेत्तारय्यरकी श्रीमती नन्दिनीको भूमिकामा देखिनेछिन् जसले चोल साम्राज्यका चान्सलर र कोषाध्यक्षको रुपमा काम गरेकी थिइन् ।

नन्दिनी शक्ति केन्द्रीत रहस्यमयी महिला हुन् । नन्दिनी आफ्ना श्रीमानसँग मिलेर राजा चोलको साम्राज्यलाई नष्ट गर्ने योजना बनाउँछिन् । राजा जोलको राज्य नष्ट गरेर उनले बदला लिन्छिन् । फिल्ममा ऐश्वर्याको श्रीमानको भूमिका मोहन बाबूले निभाउनेछन् ।

हुन त ऐश्वर्या राय बच्चनलाई यसअघि पनि फिल्ममा भिलेनको रुपमा देखिएको छ । यसअघि सन् २००५ मा रिलिज भएको फिल्म ‘खाकी’ र सन् २००६ मा आएको ‘धूम टु’ मा उनले भिलेनको भूमिका निभाइसकेकी छिन् । मणिरत्नमको फिल्म ‘इरुवर’ बाटै ऐश्वर्याले आफ्नो फिल्मी करियर सुरुवात गरेकी थिइन् ।