१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कंगना रनौतलाई आईलाग्यो यस्तो आरोप, भारत फर्किने बित्तिकै प्रहरीले सोधपुछ गर्ने



अ+ अ-

काठमाडौं । कंगना रनौत र आदित्य पंचोलीको मामला एकपटक पुनः चर्चामा छ । आदित्य पंचोलीले कंगनाका वकिल रिजवान सिद्दिकीमाथि उनलाई बलात्कारको झुटो मुद्दामा फसाउने धम्की दिएको जानकारी दिएका छन् । अब पुलिस कंगनासँग यही मामलामा चाँडै नै सोधपुछ गर्नेछन् ।

मुम्बई पुलिस कंगना स्वदेश फर्किने प्रतिक्षामा छ । भारत फर्कने बित्तिकै मुम्बई पुलिस कंगनाको बयान दर्ता गर्नेछ । स्मरण रहोस्, कंगना रनौत अहिले कान्स फिल्म फेस्टिबलमा सरिक हुनका लागि फ्रान्समा छिन् । यस्तै, पुलिस यो मामलामा अनुसन्धान गरिरहेको छ ।

आदित्य पंचोलीले सन् २०१७ मा कंगना रनौतविरुद्ध मानहानीको मुद्दा दर्ता गरेका थिए । आदित्यका अनुसार आफूले मुद्दा दर्ता गरेपछि कंगनाका वकिलले उनलाई बलात्कारको झुटो मुद्दामा फसाउने धम्की दिएका छन् । आदित्यले पुलिसलाई प्रमाणका लागि यसको भिडियो पनि दिएका छन् ।