२२ भाद्र २०८३, सोमबार
,
Latest
एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो खेलमै सन्दीपले लिए विकेट



अ+ अ-

एजेन्सी । बिग बास लिग (बीबीएल)को पहिलो खेलमै नेपालका लेग स्पिनर सन्दीप लामिछानेले विकेट लिएका छन् ।

अहिले सिड्नी सिक्सर्स र होबार्ट हुरिकेन्सबीच खेल जारी छ । 

होबार्ट हुरिकेन्सबाट खेलिरहेका लामिछानेले पहिलो खेलमै विकेट हात पार्न सफल भए । 

लामिछानेले ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर १ विकेट हात पारे । 

लामिछानेले गत सिजन होबार्टका लागि ८ खेल खेल्दै ८ विकेट लिएका थिए ।

सिड्नीले पहिले ब्याटिङ गरेर हुरिकेन्सलाई १४५ को लक्ष्य दिएको छ । उसले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४४ रन जोडेको हो । 

जवाफी ब्याटिङमा उत्रिएको हुरिकेन्सले यो समाचार तयार पार्दासम्म १० ओभरमा २ विकेटको क्षतिमा ५० रन जोडेको छ ।