१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानवरहित विमान कारबाहीमा आठ आइएस आतङ्ककारी मारिए



अ+ अ-

जलालाबाद । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा नेटोआवद्ध संयुक्त गठबन्धनले गरेको ड्रोन (मानवरहित विमान) कारबाहीमा फरी कम्तीमा आठ आतङ्ककारी मारिएका सेनाको स्रोतले शुक्रबार जानकारी दिएको छ ।

खोग्यानी जिल्लामा संयुत्त गठबन्धन सेनाले गरेका मानवरहित विमान कारबाहीमा परी आठ इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी मारिएका सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ ।

मारिएका यी आइएस आतङ्ककारीमा आबुजार नाम गरेका एक स्थानीय कमाण्डरसमेत मारिएका छन् । तर यस कारबाहीमा सर्वसाधारणलाइ भने कुनै क्षति नभएको जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

अफगानिस्तानको राजधानी काबुलबाट १ सय २० किलोमिटर पूर्व रहेको यस पहाडी प्रान्त नान्गाहारमा बारम्बार आइएस आतङ्ककारी समूह र सुरक्षाबलबीच झडप भईरहने गरेको छ ।

हालका दिनहरुमा अफगान सुरक्षाबल र नेटोआवद्ध सुरक्षा अधिकारीहरुको संयुक्त सहभागीतामा अफगानिस्तान भरी हवाई कारबाही जारी रहेको छ ।

जारी विज्ञप्तिका अनुसार आतङ्ककारी समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् ।