६ पुष २०८२, आईतवार
,
Latest
तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानवरहित विमान कारबाहीमा आठ आइएस आतङ्ककारी मारिए



अ+ अ-

जलालाबाद । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा नेटोआवद्ध संयुक्त गठबन्धनले गरेको ड्रोन (मानवरहित विमान) कारबाहीमा फरी कम्तीमा आठ आतङ्ककारी मारिएका सेनाको स्रोतले शुक्रबार जानकारी दिएको छ ।

खोग्यानी जिल्लामा संयुत्त गठबन्धन सेनाले गरेका मानवरहित विमान कारबाहीमा परी आठ इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी मारिएका सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ ।

मारिएका यी आइएस आतङ्ककारीमा आबुजार नाम गरेका एक स्थानीय कमाण्डरसमेत मारिएका छन् । तर यस कारबाहीमा सर्वसाधारणलाइ भने कुनै क्षति नभएको जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

अफगानिस्तानको राजधानी काबुलबाट १ सय २० किलोमिटर पूर्व रहेको यस पहाडी प्रान्त नान्गाहारमा बारम्बार आइएस आतङ्ककारी समूह र सुरक्षाबलबीच झडप भईरहने गरेको छ ।

हालका दिनहरुमा अफगान सुरक्षाबल र नेटोआवद्ध सुरक्षा अधिकारीहरुको संयुक्त सहभागीतामा अफगानिस्तान भरी हवाई कारबाही जारी रहेको छ ।

जारी विज्ञप्तिका अनुसार आतङ्ककारी समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् ।