१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप विजेताले ४० लाख र उपविजेताले २० लाख डलर पाउने



अ+ अ-

काठमाडौं । विश्वकप एकदविसीय क्रिकेट प्रतियोगिताको विजेताले ४० लाख डलर पुरस्कार पाउने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विजेता टिमलले एकत रकम पाने जनाएको हो । त्यस्तै, उपविजेताले भने २० लाख डलर हात पार्नेछ ।

त्यस्तै, सेमिफाइनलमा पराजित हुने दुई टिमले समान ८–८ लाख डलर पाउनेछन् । त्यस्तै, लिग राउण्डका विजेताले ४० हजार प्राप्त गर्नेछन् ।

राउण्ड रोविनको आधारमा हुने विश्वकपमा १० टिम छन् ।

विश्व कपमा अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, पाकिस्तान, अफगानिस्तान, श्रीलंका, वेष्ट इन्डिज र बंगलादेश छनोट भैसकेका छन् ।

विश्वकप क्रिकेट यही मे ३० देखि जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा हुदैछ ।