६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनिस गोलरक्षक क्यासिलासले खेलाडी जीवनबाट सन्यास लिने



अ+ अ-

काठमाडौँ । स्पेनिस राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान गोलकिपर इकर क्यासिलासले खेलाडी जीवनबाट सन्यास लिने भएका छन् ।

२०१५ मा रियल म्याड्रिड छाडेपछि पोर्टोमा आबद्ध भएका क्यासिलास गत महिना हृदयघातका कारण अस्पतालमा भर्ना भएका थिए । त्यही घटनाका कारण उनले औपचारिक रुपमा सन्यास लिने योजना बनाएको पोर्चुगलका सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनले आफ्नो जीवन खतरामा पार्न नचाहेको प्रतिक्रिया दिएका छन् । हाल उनी पोर्चुगिज क्लब पोर्तोमा आवद्ध छन् । पोर्तोले लिगमा दुई खेल खेल्न बाँकी छ । यो दुई खेल र पोर्चुगिज कपको फाइनल सकिएपछि उनले सन्यास लिने योजना सुनाए ।

क्यासिलासले रियल मड्रिडबाट लागि ७२५ खेल खेलेका छन भने पोर्टोका लागि अहिलेसम्म १५६ खेल खेलेका छन् ।