५ आश्विन २०८१, शनिबार
,
Latest
एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान : डाक्टरको लापर्वाहीका कारण १८ बच्चामा एचआईभी पोजिटिभ, अन्य ४ सयभन्दा बढी व्यक्ति पीडित



अ+ अ-

काठमाडौं । उत्तरी पाकिस्तानको एउटा गाउँमा सयौं व्यक्तिहरु एचआईभीबाट पीडित भएका छन् । पाकिस्तानको लरकाना गाउँमा डाक्टरले दूषित सुईको प्रयोग गर्दा बालबालिकाहरु पनि एचआईभीबाट पीडित भएका हुन् ।

गएको महिना प्रशासनको शहरको बाहिरी भागमा १८ जना बच्चामा एचआईभी पोजिटिभ पाइएको थियो । त्यसपछि व्यापक स्तरमा जाँच भएको थियो ।

स्वास्थ्य अधिकारीका अनुसार, चार सयभन्दा बढी मानिसहरु एचआईभी पोजिटिभ रहेको पाइएको हो । पीडितमध्ये धेरै बालबालिका रहेका छन् । विशेषज्ञहरुले यो संख्या अझै बढ्न सक्ने बताएका छन् ।

पाकिस्तानमा एचआईभीलाई लिएर निकै कम प्रचारप्रसार हुने गरेको छ । तर बिरामीको दर भने बढ्दै गैरहेको छ । संयुक्त राष्ट्र संघको प्रतिवेदनका अनुसार, पाकिस्तान एसियाको दोस्रो राष्ट्र हो, जहाँ एचआईभीको दर लगातार बढ्दै गैरहेको छ ।

केही सरकारी रिपोर्टका अनुसार, देशभरि छ लाख नक्कली डाक्टर छन् र यो संख्यामध्ये करिब दुई लाख ७० हजार डाक्टर सिन्ध प्रान्तमा काम गरिरहेका छन् ।