६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्र सरकारले नै केशव स्थापितलाई फेरि मन्त्री बनाउदै !



अ+ अ-

काठमाडौं । बर्खास्तीमा परेका प्रदेश–३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित फेरि मन्त्री बन्ने भएका छन् ।

नेकपा स्रोतका अनुसार प्रदेशको महत्वपूर्ण मन्त्रालय लामो समय नेतृत्वविहीन हुँदासमेत नयाँ मन्त्री नियुक्त नगरिनुको कारण स्थापित प्रधानमन्त्री केपी ओलीको वरीपरि रहेको बताउछ । पहिला बितेको कुरालाई थाति राख्दै उनलाई नै मन्त्रीको जिम्मेवारी दिने लगभग तयार भैसकेको स्रोतले बतायो ।

‘स्थापितलाई पुन उक्त पदमा लेर आउन केन्द्रमा छलफल समेत हुँदैछ ।’, स्रोतले भन्यो ‘अब प्रधानमन्त्री ओली ज्यूले नै तपाइलाई म केहि समयपछि फर्काउछु भनेर बचन दिएका छन् ।’

स्थापितमाथि मुुख्यमन्त्री पौडेलले दिएका निर्देशन नमान्ने, आफ्ना मन्त्रालयमा नबस्ने, कामको गति सारै फितलो, मन्त्रिपरिषद बैठकको मर्यादामा पटकपटक अपमान गर्ने गरेको आरोप लागेको थियो ।

आफूमाथि मन्त्रिपरिषदमै अभद्र व्यवहार गरेपछि मुख्यमन्त्री पौडेलले प्रधानमन्त्री ओलीसँग परामर्श गरेपछि गत १६ कात्तिकमा स्थापितलाई पदबाट बर्खास्त गरिएको थिए ।