५ आश्विन २०८१, शनिबार
,
Latest
एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपामा आबद्ध शिक्षिकाकी छोरीका लागि परीक्षा सार्न पत्राचार, अन्य विद्यार्थी मानसिक तनावमा



अ+ अ-

काठमाडौं । नेपाल ल क्याम्पसमा बिएएलएलबी पाँचौँ वर्षमा अध्ययनरत एक विद्यार्थी विदेश जाने भएपछि त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका नै सार्ने तयारी भएको छ ।

आगामी २७ जेठबाट नियमित रुपमा संचालन हुने परीक्षा तालिका नै सार्न परीक्षा नियन्त्रण कार्यलय बल्खुलाई सिफारिस गरिएको हो ।

क्याम्पस प्रमुख डा. डिएन पराजुलीले एक विद्यार्थी भए पनि सकेसम्म परीक्षा नछुटोस् भनेर बल्खुलाई पत्राचार गरेको बताए । ‘एकजना विद्यार्थी भए पनि हाम्रै विद्यार्थी हुन्, सकेसम्म परीक्षा मिस नहोस् भनेर पत्र लेखिएको हो, बल्खुले के गर्छ थाहा छैन,’ क्याम्पस प्रमुख पराजुलीले भने ।

स्रोतका अनुसार सोहि कलेजमा अध्यापन गरारहेकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट बिष्णुमाया भुसालकी छोरी आफैँले खोजेको कार्यक्रमका लागि विदेश जान क्याम्पसले सिफारिसपत्र दिएको थियो । तर, सोहि मितिमा उनकी छोरीको परीक्षा परेपछि आर्थिक क्षति हुनेभन्दै क्याम्पस प्रमुखलाई बल्खुमा पत्राचार गर्न लगाएकी हुन् ।

यता,केही विद्यार्थीले भने क्याम्पस प्रमुख पराजुलीलाई भेटेर परीक्षा नसार्न दबाब दिएका छन् । विद्यार्थीको काम र मानसिक रूपमा समेत असर पर्ने भन्दै उनिहरुले परीक्षा नसार्न आग्रह गरेका हुन् ।

हाल बिएएलएलबी पाँचौँ वर्षमा नेपाल ल क्याम्पसमा मात्र एक सय पाँच विद्यार्थी अध्ययनरत छन् । देशभर त्रिविका तीन कलेजमा बिएएलएलबीको कक्षा सञ्चालन भइरहेको छ ।