१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एफए कपको उपाधि सिटीले जित्यो, वार्टफोर्डको पोष्टमा आधा दर्जन गोल



अ+ अ-

काठमाडौं । एफए कप फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा वार्टफोर्डलाई ६–० गोलले हराउँदै सिटीले उपाधि जितेको हो ।

एकसाता अघि मात्र प्रिमियर लिग जितेको सिटीको यो सिजनको तेस्रो उपाधि हो । यसअघि सिटीले लिग कपमा पनि बाजी मारेको थियो । सिटीको जितमा रहिम स्टर्लिङले ह्याट्रिक गरेका थिए । डेभिड सिल्भा, केभिन डि ब्रुयने र गाब्रियल जेससले एक एक गोल गरेका थिए ।

खेलको सुरुवातदेखि आक्रामक देखिएको सिटीका लागि सिल्भाले २६औं मिनेटमा खाता खोले । ३८औं मिनेटमा स्टर्लिङले गोल गर्दै पहिलो हाफमा सिटीको अग्रता दोब्बर बनाए ।

त्यसपछि सिटीले दोस्रो हाफमा चार गोल थपेको थियो । ब्रुयनेले ६१औं मिनेटमा तेस्रो गोल गरे । जेससले ६८औं मिनेटमा अर्को गोल थपेका थिए । ८१औं र ८७औं मिनेटमा स्टर्लिङले लगातार दुई गोल थप्दै ह्याट्रिक पूरा गरका थिए ।