५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एफए कपको उपाधि सिटीले जित्यो, वार्टफोर्डको पोष्टमा आधा दर्जन गोल



अ+ अ-

काठमाडौं । एफए कप फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा वार्टफोर्डलाई ६–० गोलले हराउँदै सिटीले उपाधि जितेको हो ।

एकसाता अघि मात्र प्रिमियर लिग जितेको सिटीको यो सिजनको तेस्रो उपाधि हो । यसअघि सिटीले लिग कपमा पनि बाजी मारेको थियो । सिटीको जितमा रहिम स्टर्लिङले ह्याट्रिक गरेका थिए । डेभिड सिल्भा, केभिन डि ब्रुयने र गाब्रियल जेससले एक एक गोल गरेका थिए ।

खेलको सुरुवातदेखि आक्रामक देखिएको सिटीका लागि सिल्भाले २६औं मिनेटमा खाता खोले । ३८औं मिनेटमा स्टर्लिङले गोल गर्दै पहिलो हाफमा सिटीको अग्रता दोब्बर बनाए ।

त्यसपछि सिटीले दोस्रो हाफमा चार गोल थपेको थियो । ब्रुयनेले ६१औं मिनेटमा तेस्रो गोल गरे । जेससले ६८औं मिनेटमा अर्को गोल थपेका थिए । ८१औं र ८७औं मिनेटमा स्टर्लिङले लगातार दुई गोल थप्दै ह्याट्रिक पूरा गरका थिए ।