५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

करेन्ट लागेर युवकको मृत्यु



अ+ अ-

महोत्तरी । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोनमा गाउँपालिका–४ गुलरिया गाउँ बस्ने राजाराम महतोका छोरा १८ वर्षीय शङ्कर महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।

शनिबार साँझ आफ्नै घर नजिकै रहेको खेतमा पानी तान्ने मोटरबाट पानी लगाउने क्रममा अचानक मोटरको तारबाट करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि गए राति नै जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।