५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिकलाई ५ सय रुपैयाँ घुस दिन खोज्ने दुई जना पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौंको तीनकुनेबाट मापसे चेकिङका क्रममा ट्राफिक प्रहरीलाई ५०० सय घुस दिन खोज्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका ९ घर भएका भरत र यमन रहेका छन् ।

शनिबार राति बा ९५ प ४२९ नम्बरको मोटरसाइकलमा सबार ति युवाले घुस दिन खोजेपछि उनिहरुलाई मोटरसाइकल सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।