५ आश्विन २०८१, शनिबार
,
Latest
मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी पोखरामा डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाक्टरको लापरवाहीले बिरामीको आन्द्रामा प्वाल पर्‍यो, क्षतिपूर्तिको माग गर्दै आफन्त प्रदर्शनमा



अ+ अ-

पोखरा –चिकित्सकको लापरबाहीले बिरामीको ज्यान जोखिममा परेको भन्दै बिरामीका आफन्तले प्रदर्शनमा उत्रिएका छन् ।

आइतबार पोखरास्थित ‘निदान आयुर्वेद क्लिनिक’ अगाडि पोखरा महानगरपालिका २ अर्चलबोटका चाम बहादुर पुनले छोरा श्रीप्रसाद पुनको उपचारमा चिकित्सकको लापरबाहीले बिरामीको ज्यान जोखिममा परेको भन्दै उनिहरु आन्दोलित बनेका हुन् ।

बाबु चाम बहादुर पुनका अनुसार पायल्सको समस्या देखिएपछि बाग्लुङ बसपार्कको ‘निदान आयुर्वेद क्लिनिक’ मा फिस्टुलाको अप्रेसन गरेपनि व्यथा झनै बढ्ेको बताए ।

”क्लिनिकका डाक्टर प्रफुल्ला चन्द्र यादवले छोराको फिस्टुलाको समस्या छ अप्रेशन गर्नुपर्छ भन्नु भो हामीले अप्रेसन पनि गरेउ तर अप्रेसनपछि व्यथा झनै बढ्न थाल्यो ।”पुनले भने ”व्यथा बढ्न थालेपछि डाक्टरले ‘मनिपाल अस्पताल’मा रेफर गरे तर रोग निको भएन ।”

पुनका अनुसार मनिपालमा भिडियो एक्स–रे गरेर हेर्दा बिरामीको ठुलो आन्द्रामा प्वाल परेको देखियो । आन्द्रामा प्वाल परेर पनि फोहोर यताउति निस्केको उनले बताए ।

उनले क्लिनिकले बिरामीको स्वास्थ्यमाथि खेलबाड गरेको भन्दै बिरामीमाथि कडा भन्दा कडा कारबाही गरिनुपर्ने माग गरे । बिरामीको भविष्यको जिम्मेवारी लिनुपर्ने साथै उपचारको सम्पूर्ण खर्च क्लिनिकले बेहोर्नु पर्ने माग समेत गरे ।