काठमाडौं । बेल्जियमका सेन्टर ब्याक तथा म्यानचेस्टर सिटीका कप्तान भिन्सेन्ट कोम्पनीले क्लब छाडेका छन् ।
शनिबार राति र सिटीले एफएकपको फाइनलमा वाटफोर्डलाई ६–० गोलको जित हात पार्दै उपधि जितेको थियो ।प्रमियर लिग, एफए कप र काराबाओ कप गरी तीन वटा प्रतियोगिताको उपाधि जिताउदै रेकर्ड बनाएका उनि अब कुन कल्ब जाने भन्ने कुरा खुलाएका छैनन् ।
क्लब छाड्ने घोषणा गर्दै कोम्पनीले भनेका छन्, ‘मेरो जाने समय आएको छ । म सबैप्रति आभारी छु कि जसले मलाई यो क्लबमा स्थान दियो ।’
३३ वर्षीय सन् २००८ देखि २०१९ सम्म सिटीमा आवद्ध थिए । उनले सिटीलाई चार प्रिमियर लिग, दुई एफए कप र चार लिग कपको उपाधि जिताएका छन् । उनले ३६० खेलबाट क्लबका लागि २० गोल गरेका छन् ।