धादिङ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सक्रियतामा, प्रहरी चौकी गल्छी र डिभिजन वन कार्यालय धादिङको संयुक्त टोलीले गल्छीबाट बाघको छालासहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट जिल्ला विदुर नगरपालिका ३ बस्ने सुमन दर्जी, सोही ठाउँका विष्णुबहादुर सुनार र कुमार खड्का रहेका छन्।
उनिहरुलाई गल्छी गाउँपालिका ७ को हाम्रो होटलबाट पक्राउ गरेको हो। पक्राउ परेका तीनैजनालाई कारबाहीका लागि जिल्ला वन डिभिजन कार्यालय धादिङ पठाइएको छ।