२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एच३ रकेट सफल पुनःउडानमा फर्कियो ट्रम्पको ८०औँ जन्मदिनमा केज फाइट कार्यक्रम विवाद ‘बीटुबी’ र एकीकृत वित्तीय प्रणालीमा आइएमईको ध्यान, नवप्रवर्तनमा जोड दिन अध्यक्ष ढकालको आग्रह नेपाल–चीनबीच कृषि तथा वन क्षेत्रको सहकार्य विस्तारबारे छलफल कानुन निर्माणमा ढिलाइ नगर्न मन्त्रालयहरूलाई मन्त्री गौतमको आग्रह कर्णालीका स्थानीय तहमा २८ प्रतिशत कर्मचारी अभाव, १ हजार ३६३ दरबन्दी रिक्त इमान्दारी र समर्पण भए असम्भव केही छैनः अध्यक्ष ढकाल आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम… धमाधम बक्यौता तिर्दै औद्योगिक क्षेत्रका उद्योग ग्लोबल कन्ज्युमर एक्स्पो आजदेखि भृकुटीमण्डपमा, ३५ हजारभन्दा बढी आगन्तुक भित्रिने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति सेनामा गएका सैनिकको हत्या, मानवता विरोधी रहेको राष्ट्रसंघको भनाइ



अ+ अ-

संयुक्त राष्ट्रसंघ । अफ्रिकी राष्ट्र मालीमा तैनाथ राष्ट्रसंघीय शान्ति मिसनमा शनिबार भएको एक आक्रमणमा एक जना नाइजेरियाली शान्ति सैनिकको मृत्यु भएको छ ।

राष्ट्रसंघद्वारा जारी विज्ञप्तिमा टिमबक्तुमा अज्ञात आक्रमणकारीले शान्ति सैनिकमाथि गोली चलाएको उल्लेख छ । अर्का एक जना नाइजेरियाली शान्ति सैनिक पनि घाइते भएका छन् ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उक्त आक्रमणप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले उक्त आक्रमणलाई मानवता विरोधी रहेको पनि बताउनुभयो ।

यसैबीच, मालीको किडाल क्षेत्रमा शान्ति सैनिक सवार सवारी साधनले सडकमा छाडिएको बेबारिसे बमलाई ठक्कर दिँदा भएको दुर्घटनामा चाडका शान्ति सैनिकहरु घाइते भएका छन् ।

मालीमा सन् २०१२ देखि राष्ट्रसंघको अगुवाईमा शान्ति सैनिक तैनाथ छन् । सन् २०१३ यता मालीमा मात्र १९० जना शान्ति सैनिकको मृत्यु भइसकेको छ ।