५ आश्विन २०८१, शनिबार
,
Latest
मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी पोखरामा डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखामा ऐँसेलु टिप्दै बाबुराम, फोटो भयो भाइरल (फोटो फिचर)



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई गाँउ फर्किएका छन् । महिनामा कम्तीमा एक पटक आफ्नो निर्वाचन क्षेत्र पुग्ने गरेका उनि यसपटक पनि स्थानीयका समस्या बुझ्न गएका हुन् ।

फरक काम गरेर आफुलाई चर्चाको शिखरमा राख्ने भट्टराई यतिखेर पनि सामाजिक संजालमा निकै चर्चा कमाइरहेका छन् । यसपटक उनलाई चर्चामा लाउने काम फोटोले गरेको छ । भट्टराईले गोरखा सिरानचोक गाउँपालिका –१ केराबारी जंगलमा यात्रामा ऐँसेलु टिपेर बाल्यकालको स्मरण गरेका फोटाहरु यति बेला भाइरल भएको छ ।


उनले सामाजिक संजालमा लेखेका छन्– ”उत्तरी गोरखाको केराबारी जंगलमा अर्गानिक ऐँसेलु टिपेर खाँदा बाल्यकालको गोठाले जीवनको याद।” भट्टराईले थप लेखेका छन्– ”पूर्वाधार विकास गर्न सके कृषि पर्यटन विकासको संभावनाको सुन्दर परिकल्पना।” ऐँसेलु खाएको फोटो उनले फेसबुक र ट्वीटरमा राखेका छन्।

अर्थमन्त्री भएदेखि नै भट्टराई महिनाको एक पटक गोरखाका भिन्नभिन्न गाउँ पुगेर जनताकै घरमा खाने र बास बस्ने गरेका छन्।