६ पुष २०८२, आईतवार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब नेपालीले नाकाबन्दीको कल्पनासमेत गर्नु पर्दैन : परराष्ट्रमन्त्री ज्ञवाली



अ+ अ-

गुल्मी । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिगतमा जस्तो नेपालीले नाकाबन्दीको कल्पनासमेत गर्नु नपर्ने बताएका छन् ।

आइतबार गुल्मीदरबार गाउँपालिका– ७ र ३ जोड्ने ठुलाचौर लामडाडा पौवाखर्क हरियाली सडकको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले उत्तरी नाकाहरु खुला भएकोले चीन हुँदै समुन्द्री माध्यमबाट समेत अन्य देशसँग पनि जोडिन सकिने भन्दै अब नेपालले नाकाबन्दी भोग्नु नपर्ने बताए ।

उनले अगाडि भने-‘निर्वाचित भएपछिको पछिल्लो एक वर्षमा विकासको जग बसिसकेको छ । अब विकास निर्माणले तीव्रता पाउनेछ ।’

उनले रेसुङ्गा विमानस्थलको कालोपत्रे, सालझण्डी खर्ज्याङ्ग ढोरपाटन फास्टट्रयाक, खानेपानी समस्या ग्रामीण र सडकको कालोपत्रे लगायतका कार्यहरु आफ्नो प्राथमिकतामा रहेको बताए ।