१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कार गर्नेलाई कारवाहीको माग राख्दै प्रदर्शन



अ+ अ-

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयका बलात्कार गर्ने दोषी प्रहरीद्वयलाई कारवाहीको माग राख्दै आइतबार स्थानीयले प्रदर्शन गरेका छन् ।

एक महीनाअघि प्रहरीद्वयले स्थानीय एक १७ वर्षीया किशोरी र २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपसहितको घटना बाहिर आएपछि बलात्कारजस्तो घृणित तथा अपराधजन्य कार्य गरेकाले दोषीलाई हदैसम्मको कारवाही माग राख्दै दबाब दिन स्थानीयवासीले प्रदर्शन गरेका हुन् ।

बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले दुईजना प्रहरी जवानमाथि कारवाही प्रक्रिया अघि बढाएको छ । प्रहरी जवानलाई सम्बन्धित कार्यालयले निलम्बन गरेपछि अनुसन्धान गरी मुद्दा प्रक्रिया अघि बढाइएको हो । निलम्बन पर्नेमा दङ्गा नियन्त्रण प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानद्वय डडेल्धुरा, मास्माण्डु गाउँपालिका–८ का २५ वर्षीय प्रेम खड्का र दाङ गडवा गाउँपालिका–४ का २३ वर्षीय पाटेश्वर यादव छन् ।

उनीहरु दुवैलाई जबर्जस्ती करणीमा मुद्दा प्रक्रिया अघि बढाइएको नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी बताउनुभयो । घटना गत वैशाख १ गतेको हो । गण नजिकैको जङ्गलमा घाँस काट्न गएका एक किशोरी र एक युवतीमाथि प्रहरी जवानद्वयले बलात्कार गरेको आरोप छ । घटना भएलगत्तै पीडित युवतीले केही नभनेको र केही दिनअघि मात्र जानकारी दिएकाले प्रहरी कहाँ उजुरी दिएको आफन्तले बताएका छन् ।