१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पन्ध्र तोला सुन चोरी गर्ने पक्राउ



अ+ अ-

पर्वत । दक्षिण पर्वतको पैँयु गाउँपालिका–६ स्थित चेतकुमारी आलेको घरमा कोही नभएको मौका पारी चोरी गर्ने कार्यमा संलग्न दुईलाई इलाका प्रहरी कार्यालय हुवास पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पैँयु गाउँपालिका–६ बस्ने ३६ वर्षीय नारायण आले र २६ वर्षीय सोम राना रहेका छन् ।

उक्त घरको दराज तोडफोड गरी चोरी गरेको रानीहार एक थान, बटारे बाला एक थान, छापे औँठी एक थान, चन्द्रमा एक थान, झुम्का दुई थान, विन्दिया एक थान, बेरुवा औँठी एक थान र सिक्री एक थान अभियुक्त नारायण आलेको घरको शौचालयमा लुकाइ राखेको अवस्थामा फेला परेको थियो । शुक्रबार चोरी गरेका अभियुक्तलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।