५ आश्विन २०८१, शनिबार
,
Latest
मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी पोखरामा डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : पोलार्ड र ब्राभो बैकल्पिक खेलाडीको सूचीमा



अ+ अ-

काठमाडौं । इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा मे ३० तारिखदेखि सुरु हुने विश्वकप क्रिकेटको लागि वेष्ट इन्डिजले टिमको नामापली सार्वजनिक गरेको छ ।

वेष्ट इन्डिजले आइतबार सार्वजनिक गरेको लिष्टमा स्टार खेलाडी केइरन पोलार्ड र ड्वेन ब्राभोलाई बैकल्पिक खेलाडीमा राखेको छ ।


१५ जना खेलाडीको सूचीमा नपरेका यी दुई अलराउण्डर १० खेलाडीको बैकल्पिक सूचीमा भने परेका हुन् ।

उनिहरुसँगै बैकल्पिक खेलाडीको लिष्टमा सुनिल उम्ब्रिस, जोहन क्याम्पबेल, जोनाथन कार्टर, रोस्टन चेस, शान डोर्विच, किमो पाउल, खरी पिइरे र रायमन रेइफर परेका छन् ।

विश्वकपका लागि टिम

जासन होल्डर (कप्तान)
क्रिस गेल
केमार रोयच
डारेन ब्राभो
एन्ड्रे रुसेल
शाइ होप
शेल्डन कोट्रेल
इभिन लेविस
शानोन गाब्रियल
कार्लोस ब्रैथवैट
एसले नस
शिम्रन हिटमयर
फवियन एलन
ओशान थोमस
निकोलस पोरन