१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली शान्ति सैनिकले गरे युद्धग्रस्त लिवियाबाट १५ नेपालीको उद्धार (नामसहित)



अ+ अ-

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा युद्धग्रस्त मुलुक लिविया पुगी अलपत्र परेका १५ नेपाली नागरिकको नेपाली शान्ति सेनाले उद्दार गरेको छ।

दुतावासका अनुसार उद्धार गरिएकोमा गुप्त बहादुर विक, राजु विष्ट, शेखर खरेल, जयराम धामी, अजय कुमार चौधरी र प्रकाश विश्कर्मा, पूर्णबहादुर गुरुङ, गणेश थापा मगर, अमृत गुरुङ, भुवन आचार्य, सनम विश्वकर्मा, वुद्धि बहादुर अधिकारी क्षत्री, कृष्ण कोइराला, राजु विश्वकर्मा र मनोहर कार्कीको रहेका छन् ।

इजिप्टको कायरोस्थित नेपाली दूतावासको पहलमा ट्रिपोलीमा रहेको संयुक्त राष्ट्रसंघीय शान्ति नियोगको नेपाली सेना र लिवियाको सुरक्षा निकाय तथा आईओएनसँग समन्वय तथा सहयोगमा इजिप्टस्थित नेपाली दूतावासले उनीहरुको उद्दार गरेको हो ।

दूतावासका अनुसार उद्धार गरिएका नागरिकहरुलाई कार्यरत कम्पनीले डरत्रास देखाइ काममा लगाएको र नेपाल फर्कनका लागि राहदानी समेत नदिएकाले कायरोस्थित दुतावासले ट्राभल डकुमेन्ट बनाइदिएको थियो ।

यसअघि कायरो दूतावासकै पहलमा मे पहिलो साता पनि अलपत्र ७ नेपालीको उद्धार गरिएको थियो ।

लिबियामा पछिल्लो समय हिंसात्मक सशस्त्र सङ्घर्ष जारी छ ।