५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा घुम्न निस्केका एक युवाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु



अ+ अ-

धादिङ । काठमाडौँबाट पोखरा घुम्न निस्केका एक युवा धादिङमा पौडी खेल्न क्रममा डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा बझाङका २५ वर्षीय मनोज बोहोरा रहेका छन् । उनले गल्छी गाउँपालिका–४ चिरौँदी खोलास्थित त्रिशूली नदीमा नुहाउन गएको बेला डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए ।