१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेलमा दुई समूहबीच हानाहान, ३२ जनाको मृत्यु



अ+ अ-

डुशान्बे । ताजकिस्तानको एक जेलमा भएको भीडन्तमा परी कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको छ ।

जेलभित्र भएको यस दङ्गामा परी मारिएका यी व्यक्तिहरुमा २४ जना इस्लामिक स्टेट्स आतङ्ककारी समूहका सदस्य र तीन जना सुरक्षा गार्ड रहेका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

ताजकिस्तानको राजधानी डुशान्बेनजिकै रहेको यस कारगारामा आइतबार साँझ आइएस आतङ्ककारी समूहले शुरु गरेको भडपमा पाँच कैदी, तीन गार्ड र २४ जना आइएस आतङ्ककारी मारिएका यहाँको न्याय मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस घटनाको अनुसन्धान जारी रहेको बताइएको छ । तर समाचार विस्तृत विवरण भने प्राप्त नभएको जनाइएको छ ।