५ आश्विन २०८१, शनिबार
,
Latest
सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी पोखरामा डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयरको मूल्य ओरालो लाग्ने क्रम जारी



अ+ अ-

काठमाडौं– धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लाग्ने क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९.१३ बिन्दुले घटेर एक हजार ३०७.७१ अङ्कमा झरेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९९ बिन्दुले घटेर २७९.८० मा घटेको छ । स्टकका अनुसार कूल १७२ कम्पनीको ३३ लाख ९८ हजार ६८० कित्ता शेयर रु एक अर्ब २२ करोड पाँच लाख सात हजार ४८५ मूल्यमा खरीद बिक्री भए । 

कारोवार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयरमा वृद्धि भएको छ । जलविद्युत् १६.५९ र अन्य २.७६ बिन्दुले बढेको छ । त्यस्तै बैंकिङ ७.२७, होटल ४.५८, विकास बैंक २०.३५, वित्त १९.९६, निर्जीवन बीमा ११९.२५, उत्पादन ५२.६९, लघुवित्त १६.८२, जीवन बीमा ८५.४४ र सामूहिक लगानी कोष ०.१९ बिन्दुले घटेको छ । 

शिवम् सिमेन्टको सबैभन्दा बढी मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २५ करोड २१ लाख ६० हजार २९३ मा कारोवार भएको छ । यस्तै नेपाल बैंक लिमिटेड रु २३ करोड २१ लाख ९५ लाख ४९८, हिमालयन डिस्टिलरी रु आठ करोड २९ लाख ५६ लाख ७२१, बुटवल पावर कम्पनी रु चार करोड ४७ लाख सात हजार ५६७ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज कर्पोरेट डेभलपमेन्ट बैंक ९.९१, मल्टीपर्पोज फाइनान्स कम्पनी ९.७०, सिन्धु विकास बैंक ९.२९, वेस्ट फाइनान्स कम्पनी ९.२८, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९.०९ प्रतिशतले कमाएका छन् । 

यस्तै आज पाँचथर पावर कम्पनी ७.७६, मिथिला लघुवित्त वित्तीय संस्था ७।२५, शिवम् सिमेन्ट ५.४०, रिडी हाइड्रो पावर ५.०५, कन्काई विकास बैंकका शेयरधनीले ४.७६  प्रतिशतले गुमाएका छन् ।