१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो काँकडभिट्टामा गोप्रो क्यामेरा जडान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरार अभियुक्त चार वर्षपछि पक्राउ



अ+ अ-

बैतडी । हाडनाता करणीसम्बन्धी मुद्दामा कैद सजाय सुनाइएका बैतडीका एक युवक चार वर्षपछि सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिगास गाउँपालिका–१ सिराडीका ३२ वर्षीय वीरभान धामी रहेका छन् ।

उनलाई प्रहरीले घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो । धामीलाई जिल्ला अदालत बैतडीले हाडनाता करणी मुद्दामा विसं २०७३ जेठ १८ गते एक वर्ष कैद सजाय सुनाएको थियो ।

उनी यसअघि फरार रहेका थिए । पक्राउ परेका धामीलाई जिल्ला अदालत बैतडीले कैद भुक्तानका लागि जिल्ला कारागार बैतडी पठाएको छ ।