
अमेरिका । गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको अध्यक्षमा सुनिल शाह भारी मतले विजयी भएका छन्। निर्वतमान वरिष्ठ उपाध्यक्ष शाह ३ हजार ७११ मतले विजयी भएका हुन्।
शाहका प्रतिस्पर्धी सूर्य लम्सालले २ हजार ७९७ मत ल्याए भने संजय थापाले १ हजार ५५४ मत ल्याएका छन्।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा पदमा तीन प्रतिस्पर्धीलाई पाखा लगाउँदै डा.अर्जुन बन्जाडे विजयी भए शाह समूह मामिलेर चुनाव लडेका बन्जाडेले २ हजार ९४९ मतले विजयी भए।
वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धामा अमृत सापकोटा, नारायण कँडेल र इन्दिरा त्रिपाठी थिए।
त्यसैगरी शाहकै समूहबाट महासचिवमा पशुपति पाण्डे विजयी भएका छन्। क्षेत्रिय उपाध्यक्षहरुमा मिडवेष्टबाट बुद्धिसागर सुवेदी विजयी भएका छन्। नर्थइष्टबाट उपाध्यक्षमा बाबुराम लामाले चुनाव जिते।
सह–कोषाध्यक्षमा कुमार बिष्ट विजयी भएका छन्। महिला संयोजकमा दिक्षा बस्नेत विजयी भइन् भने युवा संयोजकमा बिनोद रुवालीले बाजी मारे।










