५ आश्विन २०८१, शनिबार
,
Latest
सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी पोखरामा डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनलाइनखबरले नेकपा पार्टी फुटाउने योजना अनुसार समाचार प्रकाशित गर्ने गरेको खुलासा



अ+ अ-

काठमाडौं । अनलाइनखबर डट कम(OnlineKhabar.com) गृहमन्त्री रामबहादुर थापा ‘वादल’ को विरुद्ध सुनियोजित प्रचार योजनामा निरन्तर लागेको आरोप लागेको छ । पार्टी फुटाउनेहरुको सुनियोजित योजना अनुसार शृङ्खलाबद्ध समाचार आएको नेकपाले आरोप लगाएको हो ।

पार्टी एकताका मुख्य सारथी अध्यक्ष प्रचण्ड र केपी ओलीको बीचमा आशंका र दरार पैदा गराउने र पार्टी फुटाउनेहरुको सुनियोजित योजना अनुसार शृङ्खलाबद्ध समाचार आएको नेकपाले बताएको छ ।

अनलाइनखबर डट कम ले ‘नेकपामा नयाँ ट्वीस्ट, बादलले छाडे प्रचण्डको साथ’ भन्ने समाचारलाई गृहमन्त्री थापाका राजनीतिक सल्लाहकार सूर्यप्रकाश सुवेदी ‘पथिक’ ले प्रायोजित समाचार रहेको बताए ।

उनले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन्, ‘इमान्दार र अविवादित नेतालाइ अनावस्यक र सुनियोजित तवरले बिवादमा ल्याउने प्रयत्न, यसको बिस्तारमै खण्डन गर्न आवश्यक छ ।’

अनलाइनखबर डट कम गृहमन्त्री थापाका विरुद्ध सुनियोजित प्रचार योजनामा निरन्तर लागेकाले उसको समाचारका बारेमा सचेत पाठक प्रष्ट हुँदै गएको सचिवालयले जनाएको छ ।