२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता फेसबुक र मेसेन्जरमा प्राविधिक समस्या धनकुटामा बस दुर्घटना हुँदा १२ घाइते रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी अर्थमन्त्री लक्षित महामन्त्री पौडेलको कटाक्षः सत्तामा पुगेपछि नेताहरूको व्यवहार फेरियो, बजेट चुहावटको छानबिनमा मौनता छायो ‘प्रहरीले बोली व्यवहार सुधारेर व्यवसायिकता प्रदर्शन गरोस्’ बाल सैनिकको प्रयोगलाई समेटेर कानुन निर्माण गर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीलाई छक्याएर अस्पतालबाट भागेका १६ वर्षे किशोर पक्राउ परे



अ+ अ-

काठमाडौं । मेडिकल चेकजाँच गर्न लैजाँदा अस्पतालबाटै फरार भएका १६ वर्षे किशोर पदम श्रेष्ठलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

मंगलबार वीर अस्पताल चेकजाँच गर्न लैजाँदा अस्पतालबाट फरार भएका थिए । बालिकालाई होटलमा लगेर सहमतिमा शारीरिक सम्बन्ध राख्दा परिवारले थाहा पाएपछि उनलाई प्रहरी समक्ष बुझाइएका थिए ।

पक्राउ परेका श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको सादा पोसाकको टोलीले टोखा नगरपालिका–१० स्थित हिलेटोलबाट पक्राउ गरेको वृत्तका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंले जानकारी दिए ।

प्रहरीका अनुसार उनीविरुद्ध जबरजस्तीकरणी मुद्दामा म्याद थप पनि भएको छैन । कानुनतः नाबालिकाको हकमा सहमतिमै शारीरिक सम्पर्क भए पनि जबरजस्तीकरणी मानिन्छ ।

म्याद थप गर्नुअघि प्रहरीले स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको थियो ।

पीडित नाबालिका हुन् । परिवारले उनीहरुलाई एक होटलमा भेट्टाएपछि प्रहरीको जिम्मा लगाएका थिए ।