२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता फेसबुक र मेसेन्जरमा प्राविधिक समस्या धनकुटामा बस दुर्घटना हुँदा १२ घाइते रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी अर्थमन्त्री लक्षित महामन्त्री पौडेलको कटाक्षः सत्तामा पुगेपछि नेताहरूको व्यवहार फेरियो, बजेट चुहावटको छानबिनमा मौनता छायो ‘प्रहरीले बोली व्यवहार सुधारेर व्यवसायिकता प्रदर्शन गरोस्’ बाल सैनिकको प्रयोगलाई समेटेर कानुन निर्माण गर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ हजारको लोभमा हत्या, चारजना पक्राउ



अ+ अ-

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका–१० स्थित शीतलापुर जङ्गलमा एक युवकको हत्या गरेको आरोपमा चारजना पक्राउ गरि सार्वजनिक गरेको छ ।

होटलमा मदिरा खाँदा उत्पन्न भएको सामान्य विवादपछि २७ वर्षका चिरञ्जीवि आचार्यको हत्या भएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको हो ।

आचार्यको जेठ ६ गते रुपन्देहीको सैनामैनामा रहेको शितलापुर सामुदायिक वनमा भेटिएको थियो । प्रहरी अनुसन्धानका क्रममा १३ हजार र एम थान मोवाइलकै कारण आचार्यको हत्या भएको खुलेको छ । 

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले सो घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको बताए ।

पक्राउ परेका सबै कपिलवस्तुको बाणगङ्गा नगरपालिका–६ का हुन् । पक्राउ पर्नेमा ३३ वर्षीय रमेश विक, २८ वर्षीय गोपाल खनाल, २४ वर्षीय वसन्त खत्री र २० वर्षीय राजु विक रहेका छन् । पक्राउ परेकामध्ये रमेश विक हत्याको मुख्य योजनाकार रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

मादक पदार्थ सेवन गरी झगडा गरेका उनीहरुले आर्चायसँग भएको रु १३ हजारको लोभमा हत्या गरेको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

आर्चायको शव रुपन्देहीको सैनामैना नगरपालिका १० सालझण्डी सामुदायिक वनमा रक्ताम्य अवस्थामा सोमबार फेला परेको थियो ।