५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकसभा चुनाव : भोली मतगणना हुने, मोदी पुनः शक्तिमा आउने संम्भावना



अ+ अ-

काठमाडौं । भारतीय संसदको तल्लो सदन लोकसभाका ५ सय ४३ स्थानका लागि भएको मतदानको गणना भोलीदेखि हुने भएको छ ।

नेपाली समय अनुसार भोली बिहान साढे सातदेखि मतगणनाको सुरु गरिने भारतीय संचार माध्यमहरुले जनाएको छ । यसपटक भारतमा विद्युतीय माध्यमबाट मतदान भएको बारण भोली नै नतिजा सार्वजनिक हुन सक्ने दाबी गरिएको छ ।

निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित ९ सय १८ जना उम्मेदवारको भाग्यको फैसला हुनेछ । प्रधानमन्त्री मोदी उत्तर प्रदेशको वाराणसीबाट उम्मेदवार बनेका छन् । उनलाई भारतीय राष्ट्रिय काँग्रेसका अजय राय र समाजवादी पार्टीका शलिनी यादवले चुनौती दिएका छन् ।

मतगणना हुनु पूर्व नै मतपरिणामका सर्वेक्षणहरु सार्वजनिक भएका छन् । एग्जिट पोल भनिने मतदान गरेर निस्किरहेकाहरूसँग गरिएको सर्वेक्षणहरूका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी पुनः शक्तिमा आउने देखिएको छ ।

एग्जिट पोल अन्तर्गत रिपब्लिक/सी भोटरका अनुसार भाजपाले ३ सय , काँग्रेस गठबन्धनले करिब १ सय २० स्थानमा जित हासिल गर्न सक्ने देखिएको छ ।