५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैङलोरबाट दुई करोड रुपैयाँ चोरी गरेर पाँच नेपाली फरार



अ+ अ-

काठमाडौं । भारतको बैङलोरबाट झन्डै दुई करोड रुपैयाँ बराबरको चोरी गरेर पाँच जना नेपाली फरार भएका छन् ।

काठमाडौंस्थित भारतीय दूतावासका अनुसार फरार हुनेमा बाजुराको बुढीगंगा नगरपालिका–९ जुवापानीका हेमनाथ सिंह, उनकी पत्नी मान्डवी सिंह , बाजुरा जुवापानीका दीपक भनिने जीवन, राजेन्द्र शाही र अछाम सेलागाउँका राजु शाही रहेका छन् ।

फरार हुनुभन्दा अगाडि उनिहरुले कल्याणनगर निवासी नागराज रेड्डीको घरबाट लगभग दुई करोड रुपैयाँ बराबरको चोरेको दूतावासले बताएको छ ।

घटना लगत्तै परिवारले स्थानीय प्रहरीमा तीन केजी २ सय ५४ ग्राम सुनका गरगहना, १५ केजी चाँदीका गरगहना, पाँच लाख मूल्य बराबरका २३ थान घडी, डेढ लाख भारतीय रुपैयाँ बराबरको विदेशी रकम र ५ लाख भारतीय रुपैयाँ चोरी भएको भन्दै निवेदन दिएका छन्।