१८ भाद्र २०८३, बिहीबार
,
Latest
लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनलाइन, टेलिकम ठगीमा संलग्न ३१ जना पक्राउ



अ+ अ-

नान्जिङ । चीनको जियाङ्सु प्रान्तको हुइनान नगरबाट प्रहरीले टेलिकम तथा अनलाइन ठगीमा संलग्न शंकास्पद ३१ जनालाई पक्राउ गरेको छ । यी व्यक्तिले करिब एक लाख ३० हजार अमेरिकी डलर बराबरको ठगी गरेको प्रहरीको आशंका छ ।

गत जुलाईमा एक जना लिउ नाम बताउने व्यक्तिले स्थानीय प्रहरी समक्ष अनलाइनमा भेटिएकी एक किशोरीमार्फत आफू ठगिएको उजूरी गरेका थिए ।

लिउले ती किशोरीसँग १२ दिनसम्म अनलाइन कुराकानी गरेको बताएका थिए । ती किशोरीको आग्रहमा आफूले एउटा लगानी फर्ममा एक हजार चिनिया मुद्रा युआन पठाएको लिउले बताएका थिए । तर एक साता नपुग्दै उनलाई पाँच हजार युआन कमाएको भनिएको थियो ।

लिउलाई आफूले कमाएको रकम झिक्न सेवा शुल्क बुझाउन भनियो । तर सेवा शुल्क बुझाए पनि उनले पैसा पाएनन् र उनकी अनलाइन किशोरी पनि बेपत्ता भइन् ।

विस्तृत अनुसन्धान पश्चात प्रहरीले शेन्जेन र बेइजिङका साथै हेनान र हुबे प्रान्तबाट ३१ जनालाई पक्राउ गरेको हो । किशोरीको नक्कली नाममा पुरुषहरुले नै प्रेममय सम्बन्ध गाँसेको प्रहरीले बताएको छ । त्यसपछि नक्कली फर्ममा लगानी गर्न मानिसहरुलाई उक्साउने गरेको अनुसन्धानमा खुलेको थियो ।
प्रहरीले यस घटनामा थप अनु्सन्धान गरिरहेको बताएको छ ।




भर्खरै