१८ भाद्र २०८३, बिहीबार
,
Latest
लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गिरिजाले ल्याएको सहमति सहकार्य र एकताको भावनालाई म निरन्तरता दिन्छु : प्रचण्ड



अ+ अ-

ओखलढुंगा । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले ल्याएको सहमति सहकार्य र एकताको भावनालाई आफूले निरन्तरता दिने बताएका छन् ।

ओखलढुंगाको चिशंखुगढीमा शहीद क्याप्टेन यज्ञबहादुर थापाको शालिक शिलान्यास गर्दै सरकारले ल्याएको समृद्धिका सपना पूरा गर्न सबै राजनीतिक दलबीच एकता र सहकार्य हुनुपर्ने भन्दै प्रचण्डले नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले ल्याएको सहमति सहकार्य र एकताको भावनालाई आफूले निरन्तरता दिने बताए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगसँग सम्बन्धित विधेयक फिर्ता नलिए संसद बैठकनै चल्न नदिने चेतावनी दिइरहेका बेला अध्यक्ष दाहालले सो विधेयक संसदबाट फिर्ता नहुने प्रष्टयाए ।

उनले हालको समयमा देशमा गणतन्त्र नरुचाउने शक्ति सलबलाउन थालेको आरोप लगाए । उनले गणतन्त्र विरोधी शक्ति विभिन्न बाहनामा सलबलाए पनि सफल नहुने जिकिर गरे ।

प्रचण्डले हिमाल, पहाड र तराईले भरिपूर्णको भएको देशमा जनतालाई भड्काउने छुट कसैलाई पनि नभएको बताए ।

अध्यक्ष दाहालले देशको इतिहास र प्रकृतिले दिएका सम्पदाहरुको सदुपयोग गर्दै विकास र समृद्धिको बाटोमा अघि बढाउन केन्द्रित हुन पनि सबैलाई आह्वान गरे ।

उनले लोकतन्त्र स्थापनाका लागि निरंकुशताविरुद्ध शिर नझुकाउने क्याप्टेन यज्ञबहादुर थापाको शालिक शिलान्यास गर्न पाउदा आफूलाई गौरव महसुस भएको पनि बताए । शहीदहरु कुनै पार्टी विशेषका नभई आम जनता र देशका हुने भन्दै प्रचण्डले शहीदको सम्मान सबैले गर्नुपर्ने विचार व्यक्त गरे ।




भर्खरै